काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । आज बस्दै नबसी बैठक भोलि बस्ने गरी स्थगन गरिएको हो ।
अब अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो ।
तर, सदन सञ्चालनका विषयमा दलहरूबीच सहमति नजुटेकाले बैठकको समय दिउँसो २ बजेका लागि सारिएको थियो । तर, पनि ठोस सहमति हुन नसकेको बैठक स्थगन गरिएको हो । विपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरुद्ध गर्दै आएका छन् ।
प्रतिक्रिया