Logo

Breaking News 1

साझा यातायात र प्रहरीको बस सेवा सुचारु



काठमाडौं । अन्य यातायात बन्द हँुदा पनि साझा यातायातले २१ वटा बसमार्फत नियमित रुपमा सेवा प्रदान गर्दै आएको छ ।

सोमबार सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सबै सार्वजनिक सवारी साधन बन्द गरेको अवस्थामा पनि साझा यातायातले एयरपोर्ट, बानेश्वर, रत्नपार्क, नागढुंगा, लगनखेल, नयाँ बसपार्क र लगनखेल नारायणथानको रुटमा नियमित रुपमा सेवा प्रदान गरिरहेको छ ।

यसको साथै, नेपाल प्रहरीले पनि निःशुल्क बस सेवा उपलब्ध गराउँदै आएको छ । नेपाल प्रहरीले निःशुल्क बस सेवा उपलब्ध गराएको रुट नम्बर १ नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुल्चोक, नयाँ बानेश्वर, बालुवाटार, शिक्षण अस्पताल, चक्रपथ रहेको छ ।

यस्तै, रुट नम्बर २ विमानस्थल, कोटेश्वर, थिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, गौशाला, रत्नपार्क, बालुवाटार, शिक्षण अस्पताल, चक्रपथ, तीनकुने, रातोपुल रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  १२ : ३८ बजे