Logo

Breaking News 1

दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने, दीप प्रज्वलन गर्ने कार्यक्रम तय



काठमाडौं । आन्दोलनरत राजावादीहरूले सोमबार(आज)को आन्दोलन स्थगित गरेर शोक मनाउने भएका छन् । जेष्ठ १५ गतेदेखि आन्दोलनमा रहेका राजावादीहरु दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णयमा पुगेका छन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका हुन् ।

२०५८ साल जेठ १९ गते तत्कालीन राजदरबार हत्याकाण्ड हुँदा राजा विरेन्द्रसहित राजपरिवार सखाप भएको थियो । सोही दिनको सम्झनामा साँझ दीप प्रज्वलन गर्ने बताइएको छ । आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  १२ : २५ बजे