Logo

Breaking News 1

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ ।

आइतबार तोलाको १ लाख ८८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर तोलाको १ लाख ८९ हजार ८०० सयले कारोबार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आइतबार १ हजार ९८५ रुपैयाँमा कारोवार भएको चाँदी ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भैइरहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ११ : ३१ बजे