काठमाडौं । राजसंस्थाको पुनःस्थापनाको माग गर्दै आन्दोलनरत समूहले जेठ १९ गते उपत्यका बन्दको घोषणा गरेका छन्। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा सरकारले आन्दोलनमा दमन गरेको आरोप लगाउँदै बन्दको कार्यक्रम सार्वजनिक गरिएको हो।
विज्ञप्तिमा भनिएको छ, “सरकारको दमनको विरोधमा आन्दोलनको स्वरूप परिवर्तन गर्दै उपत्यका बन्दको निर्णय गरिएको हो।”
आन्दोलनको क्रममा प्रत्येक टोल र चोकमा सहभागीहरूलाई सक्रिय भूमिका निर्वाह गर्न समेत अपील गरिएको छ।
यसअघि, आइतबार भएको प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहसहित केही नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सो क्रममा अमानवीय व्यवहार गरिएको आरोप समितिले लगाएको छ।
संयोजक सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण प्रदर्शनमा सहभागी रहेका कमल थापालाई प्रहरीले अपमानजनक रूपमा पक्राउ गरेको घटनाको निन्दा गर्दछौं।”
प्रतिक्रिया