पोखरा । गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आह्वान गरेको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायीका मागका सन्दर्भमा छलफल गरी निकास निकाल्न वार्ताका लागि आह्वान गरेको हो ।
‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात बन्द गरेका यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएकोमा उनीहरू वार्तामा आएका थिएनन् ।
यातायात व्यवसायीसँग छलफलका लागि यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा अधिकार सम्पन्न पाँच सदस्यीय वार्ता टोली गठन गरिसकिएको विज्ञप्तिमार्फत मन्त्रालयले जनाएको छ ।
यता, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई सहुलियतमा, सहज सेवा दिन, थप रोजगारीको वातावरण सिर्जना गर्न र यातायातको सिण्डिकेट तोड्न केही नयाँ गर्न खोज्दा उल्टै यातायात बन्द गरेर नागरिकलाई दुःख दिएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
प्रतिक्रिया