काठमाडौं । उपत्यकाव्यापी महिला व्हीलचेयर बास्केटबल प्रतियोगितामा व्हील चेयर स्पोर्टस् एशोसिएसन (डब्लुएसए)ले प्रथम स्थान हासिल गरेको छ ।
काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले शनिवार राजधानीमा आयोजना गरेको प्रतियोगितामा जावलाखेल व्हीलचेयर स्पोर्टस क्लब (जेडब्लुएससी) ले दोस्रो स्थान, स्पाइनल कड इन्ज्युरी नेटवर्क नेपाल (एससीआइएनएन) ले तेस्रो स्थान हासिल गरे ।
विजेता टीमलाई महानगगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, नगद पुरस्कार, मेडल, ट्रफी प्रदान गरेका थिए भने कार्यपालिका सदस्य महेश नेपालीले प्रमाण पत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया