Logo

मुख्य समाचार

पत्रकारिता क्षेत्रका लागि राज्यले व्यवस्थित योजना ल्याउनुपर्छ : मन्त्री पौडेल



काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिता जगत अत्यन्तै जोखिममा रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा वृहत स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको विकासका निम्ती, पारदर्र्शी समाज निर्माण गर्नका निम्ती, सुशासन कायम गर्नका निम्ती पत्रकार र यो पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहे पनि अझैं पत्रकारिता जगत जोखिमै रहेको बताएका हुन् ।

उनले भने, ‘पत्रकारिता जगत अत्यन्तै जोखिममा छ । एकदमै  महत्वपूर्ण भूमिका पत्रकारहरुले निर्वाह गर्नुभएको छ ।  वास्तवमा लोकतन्त्रको विकासका निम्ती, पारदर्र्शी समाज निर्माण गर्नका निम्ती, सुशासन कायम गर्नका निम्ती पत्रकार र यो पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । देशका निम्ती, समाजका निम्ती बोलिरहने पत्रकारहरुको आफ्नो निम्ती के  भैइरहेको छ भन्ने कुरा राज्यले धेरै ख्याल गरिरहेको छ जस्तो देखिँदैन । ’

साथै उनले पत्रकारिता क्षेत्रका लागि एउटा व्यवस्थित योजनाका साथ राज्य अगाडि जानुपर्ने बताए । उनले पारदर्र्शी समाज निर्माण गर्न, सुशासन कायम गर्नका निम्ती पत्रकार जगतको उपस्थिती अनिवार्य रहेकाले यो जगतमा काम गर्नेहरुलाई उत्साहित बनाउन जरुरी रहेको बताए ।

उनले भने, खासगरी पत्रकारिता क्षेत्रका लागि हामीले एउटा व्यवस्थित योजनाका साथ अगाडि जानुपर्छ । समाजका निम्ती पारदर्र्शी समाज निर्माण गर्न, सुशासन कायम गर्नका निम्ती पत्रकार जगतको उपस्थिती अनिवार्य छ । यो जगतमा काम गर्नेहरुलाई उत्साहित बनाउन जरुरी छ । जिवन निर्वाहको व्यवस्थित अवसर पत्रकारिताभित्र हुनुपर्छ भन्ने विषयलाई आत्मसात गरेर त्यहि अनुसारको योजनाहरु बनाइनुपर्छ । पत्रकार महासंघको सदस्य संख्या कति हो ? त्यसको यकिन विवरण हामीलाई दिएर त्यो सदस्य संख्याको आधारमा हामीहरुले पत्रकारहरुलाई निशुल्क उपचार गराउन मन्त्रालय तत्पर छ ।’

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  २ : ०० बजे