काठमाडौं । सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
आज यातायात सम्बन्धि ७ बुँदे माग पुरा गराउनको लागि सरकार समक्ष दबाब सिर्जना गर्नका लागि विरोध प्रदर्शन गरेको हो ।
समितिले विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सावारी साधनले गैरकानुनी रूपमा आफूखुशी भाडा तोकी यात्रुहरुलाई सेवा दिईरहेको कार्य तत्काल बन्द गर्न माग गरेको छ ।
प्रदर्शनमा सहभागी व्यवसायी सरोज सिटौलाले राजनीतिक पार्टीको एजेण्डा नभई नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि यातायात व्यवसायीहरु सडकमा आएको बताए ।
उनले भने,‘नेपाली यात्रुवाहक सवारी साधन, मालवाहक सवारी साधन हाम्रो विस्थापित भईसक्यो । अब रातो प्लेटका कारण हामी पनि विस्थापित हुने समय भयो । हामी कुनै राजनीतिक एजेण्डा लिएर आएका हैनौँ । नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि हो । लाखौँ यातायात व्यवसायी र स्वरोजगार साथिहरुलाई विस्थापित गर्ने ऐन आएको छ त्यो फिर्ता हुनुपर्छ ।’
साथै उनले पटक पटक सरकारसँग गरेका मागहरु र सर्वाेच्चको गरेको निणर्य कार्यन्वयन गर्नुपर्ने बताए ।
संघर्षका कार्यक्रमका मागहरु यस्ता छन् ः
१.बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न माग गर्दछौं ।
२.विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सावारी साधनले गैरकानुनी रूपमा आफूखुशी भाडा तोकी यात्रुहरुलाई सेवा दिईरहेको कार्य तत्काल बन्द गर्न माग गर्दछौं ।
३.बागमती प्रदेश सरकारले मिटर जडित ट्याक्सीको सट्टा भर्नामा लगाएको सिण्डिकेट खारेज गरि संघीय सरकारले तयार पारेको मापदण्ड यथासिघ्र लागुगरी सट्टा भर्नाको समस्या समाधान गर्न माग गर्दछौं।
प्रतिक्रिया