Logo

Breaking News 1

जसपा नेपालका अध्यक्ष यादव मलेसिया प्रस्थान



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया प्रस्थान गरेका छन् ।

मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबार आयोजना हुने नेपाली श्रमिकहरुसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताका रुपमा सहभागी हुन आज उहाँ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

अध्यक्ष यादव जसपा नेपालको प्रवास सङ्गठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठन कार्यक्रममा पनि सहभागी हुनेछन् । अध्यक्ष यादव नेतृत्वको टोली यही जेठ २० गते स्वदेश फर्किने छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ८ : ५९ बजे