काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा जारी राजावादी आन्दोलन तेस्रो दिन पनि जारी जारी रह्यो । तेस्रो दिन पूर्वनिर्धारित क्षेत्र नारायणहिटी दरबार संग्रहालयअगाडि प्रदर्शन गर्न प्रशासनले रोक लगाएपछि आन्दोलनकारीहरु प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरे ।
राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको माग गर्दै उनीहरुले शनिबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् । त्यहाँ पनि प्रहरीले निषेधित क्षेत्रतर्फ अगाडि बढ्न नदिएपछि सडकमै बसेर कार्यक्रम गरेका हुन् ।
आन्दोलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दीपक सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले एक फोनको भरमा प्रतिवादीलाई छुटकारा दिएको आरोप लगाए ।
उनले २७ जनाविरुद्द जिल्ला अदालतमा दोषि ठहराई १४ बर्ष जेल तोक्दा उच्चबाट माफी कसरी पाए भन्दै प्रश्न गरे । उनले गृहमन्त्री मानव तस्करमा फसेको भन्दै मोहम्मद आफताब आलमलाई प्रधानमन्त्री बनाउनु भन्दै ब्यग्य गरे ।
उनले गणतन्त्रवादीले १६७ वटा काराखाना बेचेर खाएको भन्दै गणतन्त्रको नाममा देशद्र्रोहीलाई बचाइ रहेको आरोप लगाए ।
प्रतिक्रिया