काठमाडौं । नेपाल स्वतन्त्र नागरिक सञ्जालले नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने र नेपाली जनतामा मताअधिकार मात्र नभई निर्णय अधिकार पनि हुनुपर्ने माग अघि सारेको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै नेपाल स्वतन्त्र नागरिक सज्जालले अबको वैकल्पिक राजनीतिक शक्तिका लागि भन्दै निर्णय अधिकार नेपाली जनतामा निहित हुनुपर्ने बताएका हुन् ।
नेपाल स्वतन्त्र नागरिक सञ्जालले अबको वैकल्पिक राजनीतिक शक्तिका लागि अबको नेपालको विकल्प प्रत्यक्ष÷पूर्ण प्रजातन्त्र र उन्नत लोकतन्त्र हुनुपर्ने भन्दै आफ्ना कार्यक्रमहरु पनि सार्वजनिक गरेको सञ्जालका संयोजक दिनेश सुवेदीले बताए ।
सुवेदीले उन्नत लोकतन्त्र र पूर्ण प्रजातन्त्र प्रणालीहरु लागू गर्नका लागि निरन्तर आम जनमानससामु विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन गर्ने पनि बताए ।
नेपाल स्वतन्त्र नागरिक सञ्जाल वैकल्पिक राजनीतिक शक्तिका नीति, सिद्धान्त तथा कार्यक्रमहरु निम्न अनुसार छन् :
१. प्रत्यक्ष निर्वाचित राष्ट्रपति मताअधिकार मात्र होईन, निर्णय अधिकार नेपाली जनतामा निहित
२. सांसदहरु मन्त्री बन्न नपाउने व्यवस्था लागु निति निर्माणमा मात्र केन्द्रीत हुने व्यवस्था कायम
३.दल बिहीन स्वतन्त्र स्थानीय तह, ३५० टुटफुट र विभाजित सामाजिक व्यवस्थाको अन्त्य
४. ५०० र १००० को नोट खारेजी, डिजिटल मुद्रा कायम
५. संघीयताको खारेजी, समावेशी सिद्धान्तका आधारमा सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणाली लागु ।
६. सार्वजनिक संवैधानिक निकायहरूमा लोकसेवाद्वारा नियुक्ति भागवण्डामा नियुक्ति गर्ने व्यवस्था कायम तर दलियकरणको अन्त्य
७. अनुत्पादकमबाट महिला मुक्ति
स्वतन्त्र पेशागत संघ संगठन, दलिय आस्थाका आधारमा संघ सस्था खोल्ने व्यवस्थाको अन्त्य
८. पुर्णतया डिजिटल प्रसाशन लागू
९. जनताका कुनै पनि प्रशासनीक कार्य एकै कार्यालयबाट हुने व्यवस्था कायम
१०. सार्वजनीक निकायहरुमा जनताका काम अन्माउने लाउने समयमा नगद दिन परिपाटीलाई क्षतीपूर्ति सहित दण्डनिय अपराधको रुपमा व्यवस्था गरिने ।
११. उन्नत प्रविधिमा आधारित उत्पादन प्रणाली, निर्यातमुधि अर्थतन्त्र र गतिमा चलायमान अर्थतन्त्रको निर्माण
१२. प्रतिनिधिमुलक व्यवस्थाको अन्त्य, नेताहरू शासक बन्ने व्यवस्था होईन सेवकमा रुपमान्तरण गर्ने व्यवस्था कायम
प्रतिक्रिया