Logo

Breaking News 1

साइकल लेन निर्माण गर्ने सन्दर्भमा सरकार सकारात्मक छ : मन्त्री सिंह



काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले साइकलको महत्व र प्रयोगलाई बढाउन आवश्यक रहेको बताएका छन् ।

विश्व साइकल दिवसको उपलक्ष्यमा स्वच्छ हावा र सडक अधिकारको लागि साइकल र्याली कार्यक्रममा बोल्दै उनले मोटरसाईकल र गाडिहरुको यात्रा गर्दा धुँवा–धुलोले वातावरणलाई दुषित गरिरहेकाले साइकल यात्रा हरेक कुरामा फाइदाजनक भएको बताएका हुन् ।

‘साइकलको महत्वलाई हामी सबैले बुझ्न जरुरी छ । यो र्याली वर्षको एकचोटि मात्रै गरेर हुँदैन । अनवरतरुपमा लागिरहनुपर्छ । साइकलको महत्व र प्रयोगलाई बढाउन आवश्यक छ । साइकल यात्रा गर्दा हरेक कुरामा फाइदा छ । मोटरसाइकल र गाडिहरुको यात्रा गर्दा धुवाँ धुलोले वातावरणलाई चाँही दुषित गरिरहेको छ ।’

साथै उनले साइकल लेन हुनुपर्छ भन्ने यात्रुहरुको गुनासोलाई सहरी विकास मन्त्रालयले ध्यान दिने पनि बताए । उनले यस्ता साइकल र्यालीहरुले स्थानीय बासिन्दाहरुको लागि सचेतना फैलाउने एउटा माध्यम समेत हुने गरेको बताए ।

उनले भने, ‘साइकल लेन हुनुपर्छ भन्ने धेरै यात्रीहरुको गुनासो छ । त्यसलाई सहरी विकास मन्त्रालयले ध्यान दिने छ । काठमाडौं उपत्यकामा धेरै धुवाँ धुलोले गर्दा फोक्सोको रोगीहरु बढिरहेका छन् । यसरी रोकथाम गर्नको लागि जुन र्यालीको अभियान चलाउनुभयो यो अभियानले स्थानीय बासिन्दाहरुको लागि सचेतना फैलाउने एउटा माध्यम पनि हो ।’

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ११ : ४७ बजे