Logo

समाचार

समयलाई गाइड र निर्देश गर्नसक्ने मिडिया काउन्सिल चाहिएको छ : मन्त्री पन्त


१६ जेष्ठ २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राम्रो पत्रकारिताले राम्रो पत्रकारहरु जन्माउने बताएका छन् ।

प्रेस काउन्सिल नेपालले प्रकाशन गरेको ‘नेपाली मिडियाको इतिहासः छापादेखि डिजिटलसम्म’ पुस्तकको लोकार्पण गर्दैै उनले काउन्सिलले पनि आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने सुझाव दिए ।

उनले कुनैबेला पत्रकारितामा सम्पादकहरुको कमाण्ड भए पनि अहिले त्यो समय नरहेको बताए ।

उनले भने, ‘राम्रो पत्रकारिताले राम्रो पत्रकारहरु जन्माउँछ । आजको युग सम्पादकको युग छैन । कर्पोरेटको युग छ । कुनैबेला पत्रकारितामा सम्पादकहरुको कमाण्ड थियो । तर आज सम्पादकहरुको कमाण्ड छैन । तर सम्पादक र मिडिया मालिकहरु पनि निर्णायक भएका छैनन् । अहिले मिडियाको स्वरुप परिवर्तन भएको छ । कन्टेनलाई प्रस्तुत गर्ने क्षमता छ भने त्यो मान्छे बिना टे«निङ पत्रकार बन्न सक्छ ।’ 

साथै उनले प्रेस काउन्सिललाई बलियो र प्रभावशाली बनाउनुपर्ने सुझाव दिए । उनले  आजको समयलाई गाइड गर्न सक्ने र निर्देश गर्न सक्ने मिडिया काउन्सिल सबैलाई चाहिएको बताए । उनले भने, ‘प्रेस काउन्सिलले चाहिने भन्दा पनि नचाहिने काम बढी गर्छ । नचाहिने काम यसले पत्रकारहरुको वर्गीकरण गर्छ । काउन्सिलको कार्यक्षेत्रभित्र नपर्ने विषय हो । काउन्सिल बलियो चाहिन्छ र प्रभावशाली बनाउनुपर्ने देखिन्छ । चाहिएको शक्तिशाली काउन्सिल हो । आजको समयलाई गाइड गर्न सक्ने, निर्देश गर्न सक्ने मिडिया काउन्सिल चाहिन्छ ।’ 

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ६ : ३५ बजे