काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगअन्तर्गत प्रहरी महाशाखा टंगालमा कार्यरत नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको छ।
डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको पदमा श्रेष्ठको सरुवा गरिएको हो। श्रेष्ठको सरुवाबारे जानकारी प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले पुष्टि गरेका छन्।
प्रतिक्रिया