Logo

मुख्य समाचार

राजावादीहरुको आन्दोलन जारी, सवारी आवागमन प्रभावित


१६ जेष्ठ २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित राजावादीहरुले आन्दोलन आज पनि जारी छ ।

उनीहरुले माइतीघर, बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । उनीहरुले विहीबार शान्तिबाटीकामा प्रदर्शन गरेका थिए ।

राप्रपा, राप्रपा नेपालसहितका दलहरुले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनका कारण माइतीघर, बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित पनि भएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ४ : ४४ बजे