काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७५ औं वार्षिकोत्सवको तयारी गरेको छ । सो अवसरमा हीरक जयन्तीको लोगो सार्वजनिक गरिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र सल्लाहकार परिषदका अध्यक्ष एवं हीरक जयन्ती मुल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रुपमा लोगो सार्वजनिक गरेका हुन् ।
मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक वर्षगाँठको अवसरमा चेम्बरले वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउँदैछ ।
हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मुल समारोह समिति गठन गरिसकेको छ ।
निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका बिभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गर्दैछ ।
विसं २००७ सालमा स्थापना भएको नेपाल चेम्बर अफ कमर्स निजी क्षेत्रको सवैभन्दा पुरानो संस्था हो ।
चेम्बर अभियान ७५ बर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्तीलाई भव्य बनाउने तयारी भएको सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।
प्रतिक्रिया