काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आलुको बिउका लागि राख्ने कोल्ड स्टोरहरु बन्द हुने अवस्थामा पुगेको बताएका छन् ।
शुक्रबार दोस्रो आलु शिखर सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले देशभरी थुप्रै कोल्ड स्टोरहरु खुलेका तर बन्द हुने अवस्थामा पुगेको बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्र्तगत १७ वटा जोन रहेका छन् । यस पटक धेरै ठाउँमा बृद्धि गर्नका लागि प्रस्तावहरु आएका छन् । आलुको जोन बनाउन निवेदन आएको छ । देशभरी थुप्रै कोल्ड स्टोरहरु खुलेका छन् । कोल्ड स्टोरका अध्यक्षहरु यतै हुनुन्छ । पैसा तिर्न सकेको छैन । कोल्ड स्टोरहरु डुब्ने अवस्थामा पुगेका छन् । त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने छ ।’
उनले नेपालमा आलु उत्पादनका लागि सरकारले मात्र नभइ सबैको साझा प्रयास जरुरी रहेको बताए । मन्त्री अधिकारीले नेपाल आलुमा आत्मनिर्भर हुन उत्पादकत्वमा बृद्धि गनुपर्ने पनि बताए ।
‘आलुले कृषिको कुलग्राहस्त उत्पादनको ६.३५ प्रतिशत योगदान गरेको छ । मागको ९० प्रतिशत खपतले आन्तरिक उत्पादनको भुमिका रहेको छ । नेपाल आलुमा आत्मनिर्भर हुन हालको उत्पादकत्व १७.२० मेट्रिटन प्रतिहेक्टरलाई बृद्धि गरी १८.४६ मेट्रिटनमा पुर्याउन आवश्यक देखिन्छ,’ उनले भने ।
प्रतिक्रिया