काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण पश्चात सफल सगरमाथा आरोहण गर्न सफल आरोही पेम्बा शेर्पालाई सम्मान गरेको छ ।
शुक्रबार एक विशेष कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा बोल्दै मन्त्री पौडेलले मिर्गौला प्रत्यारोपण पश्चात सफल सगरमाथा आरोहण गरेको यो विषय पहिलो भएको बताए ।
उनले आरोही पेम्बा शेर्पाले नेपाल र स्वयम आफ्नो नामलाई ऐतिहासिक नामको रुपमा चिनाएको बताए ।
प्रतिक्रिया