चितवन । चितवनको माडी नगरपालिका–१ बनकट्टा स्थित बोटे समुदायको अस्तित्व संकटमा परेको गुनासो सार्वजनिक भइरहेका बेला राष्ट्रिय तथा स्थानीय सरोकारवाला टोलीले गाउँको स्थलगत अवलोकन गरेको छ ।
चितवनमा यहि जेष्ठ १२ गतेबाट जारी पाँच दिने ‘अन्तर्राष्ट्रिय आदिवासी जनजाति बिधिमा आधारित जैविक पुनःस्थापना र खाद्य प्रणालीहरूको परिचयात्मक पद्धति’ कार्यशाला प्रशिक्षणका सहभागीहरु, स्थानीय सञ्चारकर्मी, बोटे संरक्षण अभियन्ता, अनुसन्धानकर्ता र नेपालका आदिबासी जनजातिसंग सम्बन्धित संघ सस्थाहरुको सहभागितामा अध्ययन अबलोकन कार्यक्रम आयोजना गरिएको थियो ।
सो टोलीले जेठको १४ गते उक्त गाउँको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था अवलोकन गरेको हो । टोलीले बोटे समुदायसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको जीवनशैली, जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सरकारी सेवाबाट वञ्चित अवस्थाबारे विस्तृत जानकारी लिएको थियो ।
बोटे समुदायकी महिला माइली बोटेले भावुक हुँदै उक्त समुदायमाथि हाल नदीबाट माछा मार्न लगाइएको रोकले उनीहरूलाई वैकल्पिक आय स्रोतबिनानै जीविकाको संकटमा पुर्याएको बताइन् । ‘न खेत छ, न काम, माछा मार्न पनि पाइन्न अब कसरी बाच्ने ?’
सदियौदेखि माछा माछा मार्ने, सुन चाल्ने र नदीमा डुङ्गा तार्ने पेशा संकटमा परेको समुदायका सदस्यहरुले बताएका छन् । नदीकै स्रोत र माछा मारेर दैनिक खानामा आश्रित बोटे समुदायको सबै पेशा संकटमा परेको र अहिले आएर दैनिक जीवनयापनमा संकट उत्पन्न भएको चितवन चंद्रपुरीकी नुमा बोटेले बताइन् ।
अवलोकन भ्रमण टोलीका सदस्य तथा नेपाल आदिबासी जनजाति महासंगका राष्ट्रिय उपाध्यक्ष युवराज जिरेलका अनुसार, नेपालमा धेरै आदिबासी जनजाती खाद्य संकटमा पुग्न लागेको बताए ।
आदिबासी बोटे समुदायको रैथाने खाना र खाद्य ब्यबस्थामा गम्भीर असर गरेको सो कार्यक्रममा जानकारी गराए । ‘हामीले बजारमा पाउने खाना मात्र खाएर हाम्रा नयाँ पुस्ताले हाम्रै खाना बनाउन नसक्ने भए, स्कुलमा पनि हलिवा र चना खुवाउँछन। स्कुलमा हलुवा खुवाएपछि बच्चाले घरको खाना मन पराउदैनन् ।’ नजिकै भएको विद्यालयमा रैथाने खाजा मात्रै खुवाउन सके पनि परम्परागत खानामा गुम्दै गएको नयाँ पुस्ताको विश्वास पुनस्र्थापित हुने खाद्य तथा कृषि संगठन नेपालका राज हुमागाईंले बताए ।
स्थानीयबासीहरूले बोटे समुदायको संस्कृति, परम्परागत सीप, रैथाने खानामा भएको समस्या, जमिन र सहकार्यको अभाब र दुःखका गाथाहरू पनि सुनाएका थिए। टोलीका सदस्यहरूले बोटे समुदायको ऐतिहासिक पहिचान र योगदानलाई सम्मान गर्दै खाध्य सुरक्षाको लागि बोटे समुदायकै पुस्तैनी ज्ञानको नया पुस्तामा हस्तान्तरण जरुरि रहेको जानकारी गराइयो।
बोटेगाउँ नेपालका हजारौ समुदायको प्रतिनिधि समुदाय हो । यो अवलोकनको विषय मात्र होइन, सरकारी जिम्मेवारी, रैथाने खाद्य ब्यबस्थाको सम्मान, रैथाने ज्ञानको अभिलेखिकरण र समुदायको सक्रिय सहभागिता बिना खाध्य सुरक्षा सुनिश्चित गर्न गार्हो हुने खाद्य तथा कृषि संगठन मुख्यालयका योन फर्नाण्डेजले बताए ।
खाद्य तथा कृषि संगठन नेपालको आयोजनामा जेष्ठ १६ गते सम्म संचालन हुने ‘आदिवासी जनजाति बिधिमा आधारित जैविक पुनःस्थापना र खाद्य प्रणालीहरूको परिचयात्मक पद्धति’ नामक कार्याशाला तालिममा आदिबासी जनजातीको रैथाने ज्ञानमा आधारित खाद्य व्यवस्थाको परिचात्मक बिधि तथा रैथाने विधिमा आधारित जैविक पुनस्र्थापना पद्धतिको बारेमा बिस्तृत प्रशिक्षण भइरहेको छ ।
नेपालका सातै प्रदेश र ३० जिल्लाका ५५ जना उक्त प्रशिक्षणमा सहभागी छन्न् । नेपाल लगायत भारत, ब्राजिल, इक्वेडर, स्पेन, फ्रान्स लगायत ८ देशका सहभागी र प्रशिक्षकबाट नेपालमै पहिलोपटक यो बिषयमा प्रशिक्षण आयोजना गरिएको हो ।
प्रतिक्रिया