Logo

Breaking News 1

प्रतिनिधिसभामा विपक्षीको अवरोध हटाउने प्रयासस्वरूप छलफल गर्दै सभामुख घिमिरे


१६ जेष्ठ २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । प्रतिनिधिसभाको अबको बैठक यही जेठ २० गते बिहान ११ बजे बस्ने तय भएकाे छ । साेही अनुरुप सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा विपक्षीको अवरोध हटाउने प्रयासस्वरूप छलफल र बैठक आह्वान गरेका छन् ।

अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आउँदो ‘क्यालेन्डर’ तय गर्न बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । उनले आजै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक सिंहदरबारमा बस्नेछ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी सांसदले बैठक अवरुद्ध गरिरहेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ११ : ०२ बजे