काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरुले आज प्रदर्शन गर्ने भएका छन् ।
राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका हुन् । बिहीबार यो समूहले राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए ।
राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध छन् ।
प्रतिक्रिया