ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथयात्रा जारी छ । रातो मछिन्द्रनाथको रथ यात्राको पहिलो दिन ललितपुरको पुल्चोकबाट गाःबहालमा पुर्याइएको थियो । हरेक वर्ष रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु हुन्छ । रथयात्रा असार शुक्ल चतुर्थीसम्म चल्छ ।
रातो मच्छिन्द्रनाथको रथ यात्रा ललितपुर उपत्यकाको सबैभन्दा भव्यरूपमा मनाइने महत्त्वपूर्ण तथ लामो जात्राका रूपमा लिइन्छ ।
पौराणिक किंवदन्तीअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरु गराएका थिए ।
रथयात्रा गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा र्पुयाएर अन्तिम दिन भोटो देखाएर जात्रा समापन हुन्छ ।
प्रतिक्रिया