काठमाडौं । आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब नबढ्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै तलब नबढाउने निर्णय गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार स्रोत व्यवस्थापनमा चाप परेको कारण तलब वृद्धि गर्न नसकिएको हो। “राष्ट्रसेवकको सेवासुविधा समयसापेक्ष बनाउने आवश्यकता भए पनि स्रोत व्यवस्थापनको दबाबले अपेक्षाअनुरूप तलब वृद्धि सम्भव भएन,” पौडेलले संसदमा भने।
तर सरकारले महँगी भत्ता भने वृद्धि गर्ने निर्णय गरेको छ। साउन १ गतेदेखि लागू हुने गरी सरकारी कर्मचारीको महँगी भत्ता पाँच हजार रुपैयाँ पुर्याइने अर्थमन्त्री पौडेलले घोषणा गरे।
यसअघि कर्मचारीहरूलाई दिइँदै आएको महँगी भत्ता करिब २,००० देखि २,५०० रुपैयाँसम्म थियो। यो वृद्धि सरकारी कर्मचारीहरूको प्रत्यक्ष आम्दानीमा केही राहत दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया