Logo

अर्थ

 देशको राजनीतिक अवस्था अस्थिर भएकोमा अर्थमन्त्री चिन्तित



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पछिल्ला वर्षहरुमा देशको राजनीतिक अवस्था अस्थिर बन्दै गएको बताएका छन् ।

बिहिबार प्रतिनिधि सभामा बजेट भाषण गर्दै उनले नेपालको संविधान जारी भएसँगै नेपाली राजनीतिको मुख्य कार्यसूची बदलिए पनि सोअनुरुप काम हुन नसकेको बताए ।

उनले भने, ‘नेपालको संविधान जारी भएसँगै नेपाली राजनीतिको मुख्य कार्यसूची बदलिएको छ । परिवर्तित कार्यसूचीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्ष अनुरुप विकास, समृद्धि, सामाजिक न्याय र लोकतान्त्रि मूल्यमा आधारित समाजवादको दिशामा अगाडि बढ्न निर्देशित गरिरहेको छ । तर पछिल्ला वर्षहरुमा देशको राजनीतिक अवस्था अस्थिर बन्न पुग्यो जसले गर्दा सेवा प्रवाह, सुशासन र विकासको गतिमा प्रतिकूलता सिर्जना हुनुको साथै राष्ट्रको आवश्यकता र जनताको अपेक्षा सम्बोधन गर्न कठिन भएको अनुभव हामीसँग छ ।’

यस्तै, उनले संविधान सभाबाट नेपालको संविधान जारी भएपछि इतिहासमा पहिलो पटक तीनवर्षको औसत आर्थिक वृद्धिदर ७.७ प्रतिशत हासिल भएको तथ्य पनि रहेको बताए ।   

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : २० बजे