Logo

समाचार

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता



काठमाडौँ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र सात प्राथमिकता सुनाएका छन् ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो साउनदेखि कार्यान्वयन हुने वार्षिक बजेट वक्तव्य (आर्थिक वर्ष २०८२-८३) वाचन गर्दै अर्थमन्त्री पौडेलले बजेटका पाँच उद्देश्य र सात प्राथमिकताबारे उल्लेख गरेका हुन् ।

पाँच उद्देश्य

१.आगामी बजेट कार्यान्वयनमार्फत उच्च दिगो एवम् फराकिलो आर्थिक विकास हासिल गरी गरिबी निवारण गर्ने ।

२.उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना गर्ने । 

३.आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने ।

४.सामाजिक संरक्षण एवम् विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने ।

५.गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने ।

सात प्राथमिकताहरु

१.उद्यमशीलता

२.रोजगारी,उत्पादन र उत्पादकत्वको अभिवृद्धि,

३.प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार,

४.सामाजिक क्षेत्रमा गुणात्मक सुधार

५.सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता

६.नागरिकमैत्री सेवा

७. भ्रष्टाचार नियन्त्रण शासकीय सुधार

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : ०५ बजे