गणतन्त्र स्थापनका लागि विभिन्न कालखण्डमा भएको आन्दोलनहरुमा कतिपय यस्ता व्यक्तिहरुको पनि भूमिका थियो जसलाई धेरैले चिनेनन् । त्यस वखत उनीहरुको जिम्मेवारी जोखिमपूर्ण रहेतापनि आज उनीहरुलाई धेरैले चिन्न सकेका छैनन् । त्यस वखतको प्रहरी प्रशासनको नजरबाट बचेर सूचना तथा प्रेस विज्ञप्तिहरु लुकीछिपी जनकपुर आएर सञ्चारमाध्यम तथा पत्रकारहरुलाई दिने काम गरेका धनुषाको गंगुलीका सीतल कर्ण हाल जीवित रहेको सम्भवतः एकजना मात्र हुन् । भूमिगत रहेर नेता तथा अगुवाहरुको सूचना सञ्चारमाध्यममा सम्प्रेषण गर्न उनले खेलेको भूमिका धेरैथोरैलाई मात्र जानकारी छ । गणतन्त्र स्थापनको लडाइँमा उनले खेलेको भूमिका र उनको अहिलेको स्थितबारे जानकारी लिन नेपाल न्यूज बैंकले उनको गाउँ धनुषाको गंगुली पुगेर सीतल कर्णसँग गरेको कुराकानी गरेको छ :
गणतन्त्र स्थापनामा हजुरको भूमिका कस्तो थियो ?
म कैलालीमा काम गरेको कारणले यहाँ त्यसलाई खासै जोड दिएन । एउट नौलो किसिमको नै व्यवहार भयो । एक प्रकारका सामान्य सदस्य नै थिए । तर २०५८ पछि भने विशेष जिम्मेवारी पाएँ । शान्ति स्थापनामा भूमिका ठिकै थियो तर विस्तारै कैलालीका साथीहरुले केन्द्रमा पुग्दा एक प्रकारको इतिहास बन्यो । त्यो बेलाको एकदम सामान्य अवस्थामा थिए । विज्ञप्ति र सूचनाहरु मेरो हातमा आएर जनकपुरमा वितरण हुनेगथ्र्यो । ‘नेपाल पुकार’ एउटा पत्रिका थियो त्यसमा मेरो कविताहरु पनि प्रकाशन हुन्थ्यो । हुनु त बाहिरबाट माओवादीसँग म आवद्ध भएता पनि भित्रबाट खुला नै थिए । दुई पटक सेन्सर (प्रतिबन्ध) भएपनि भूमिगत कहिले हुनुपरेन । सामान्य अवस्थामै जीवन बितेको थियो । पार्टी र कामरेडहरुले जारी गरेको विज्ञप्तिहरु अन्दुपट्टी, मिथिलेश्वर र कट्रैतबाट प्राप्त हुन्थ्यो र म आएर पत्रपत्रिकाहरुमा दिने गर्थें । जोखिमपूर्ण काम थियो त्यस समयको तर बाँचेर आउँथे । कहिले पक्राउ परिन् ।
गणतन्त्रको अवस्था र उपलब्धिलाई कुन रुपमा लिनुहुन्छ ?
गणतन्त्रको लडाइ धेरै पहिलादेखि नै जारी थियो । तर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा लडाई थप सशक्त बन्यो लामो संघर्ष भयो तर पनि खासै उपलब्धि भने भएको थिएन । तर जनआन्दोलपछि उपलब्धि भयो । तर एउटा दुःखदायी घटना के भयो भने लोकतान्त्रिक गणतन्त्र नल्याएर जनतन्त्र वा गणतन्त्र या जनताको गणतन्त्र ल्याएको भए सबैको जित हुन्थ्यो । क्रान्तिकारीको जित हुन्थ्यो तर लोकतन्त्र गणतन्त्र ल्याएर नै रसियामा फेब्रुअरी क्रान्ति जस्तै भइदियो । रसियाको फेब्रुअरी क्रान्तिलाई लेनिनले मान्नु भएर अनि क्रान्ति गर्नुभयो । त्यो नभएको भए सायद रसियाको हालत पनि नेपालजस्तै हुन्थ्यो ।
संसदीय मान्यतालाई मान्ने कुनै औचित्य थिएन । तर अगुवा प्रचण्डले क्रान्तिको लाइन छाडिदिनुभयो । र अहिले पनि उहाँ नाटक गरिरहनु भएको छ । धेरैले अहिले पनि सोच्छन की प्रचण्ड अहिले पनि क्रान्तिकारी हुनुहुन्छ, तर त्यस्तो छैन् । सब षडयन्त्रकारीहरु पहिलाको समान्तबाद, सम्राजवाद र अहिलेको संसदवाद, संशोधनवाद यीनिहरु मिलेर नै एक प्रकारको नाटकीय ढंगले अहिलेसम्म टिकेछन् । उपलब्धि अब गुम्दै गइरहेको छ । फेरि रक्षात्मक अवस्थामा पुगिसकेको छ । त्यसकारणले के देखिन्छ भने वर्गीय लडाईं गोल भइसकेको छ । सुरुदेखि नै क्रान्ति गर्नुपर्ने स्थिति आएको जस्तो देखिन्छ । अहिले परपिडक जनताको दुःख दिने गणतन्त्र हो, साम्राज्यवादीको, दलाल पुँजीपति नोकरसाह पुँजीपति समान्तवादहरुले नेपाललाई खाइरहेका छन् । त्यसकै विरुद्धमा लडाइ थियो तर भएन । अमेरिका र भारतको पूर्ण प्रभाव छ ।
अहिले अन्तराष्ट्रिय स्तरमा अहिले समाजवाद कतैपनि छैन । तर लडाई चारैतिर फैलिरहेको छ । क्रान्ति किन चाहिन्छ भने हामीले पुग्नुपर्ने साम्यवादमा हो । लक्ष्य साम्यवादको हो । साम्यवादमा पुग्ने व्यक्तिलाई नै साम्यवाद भनिन्छ । अरुलाई भनिदैन । तर यहाँ संसद, राजदरबार, दिल्ली दरबार, ह्वाईट हाउ, चीन पुग्नेलाई कम्युनिष्ट भनिन्छ । यो गलत कुरा हो । त्यो कम्युनिष्ट हुनै सक्दैन् । दक्षिणपन्ती, अवसरबाद, संशोधनबादमा जान्छ । कम्युनिष्ट पनि बिग्रेको बुर्झुवा डेमोक्रेसी नै हो ।
पार्टी भन्नु नै विपरीत विचारको थलो हुन्छ । त्यसमा उसले पार्टीमा लुकेर बसेको अवसरवादीहरु मात्र हुन । क्रान्तिकारी चरित्र अहिले छैन कहि पनि । तर क्रान्तिकारी लडाईं भने सबैतिर छ । एक दिन विजय अवश्य हुनेछ, यो सत्य हो यसलाई कसैले रोकेर रोक्न सक्दैन ।
देशमा गणतन्त्रको अवस्था अहिले कस्तो छ ?
देशमा गणतन्त्रको अवस्था एकदम नाजुक छ । पदभ्रष्ट हुनेतर्फ लागेका छन् । हामीले निकै संघर्ष गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । द्वन्द्ववाद शैली अहिले विकास हुँदै गइरहेको छ । वास्तवमा भन्ने हो भने यो गणतन्त्र नै होइन । संसदतन्त्र जस्तो छ । पुरानै अनुहारहरु घुमीफिरी आइरहेका छन मात्र । जुन पार्टीको प्रधानमन्त्री आएतापनि कसैको भूमिका सन्तोषजनक देखिएको छैन् । सरकारले जनतालाई दिनुपर्ने सेवा सुविधाहरु केही दिन सकेको छैनन् । आम जनता कष्टमा छन् । बाँकी सबै पुँजीवादी, अवसरवादीहरुलाई मात्र ठिक छ । आम जनताका छोराछोरी विदेशमा पसिना बगाउन बाध्य भएका छन् र ती रेमिटान्सको पैसाले अवसरवादी र सरकारका पदाधिकारीहरु मोज गरिरहेका छन् । स्वतन्त्र अर्थतन्त्रको विकास हुन सकेको छैन् । अहिलेको सरकार दलाल पुँजीपतिकै सरकार हो, यसमा कुनै शंका मान्नु पर्दैन ।
क्षमता अनुसार काम आवश्यकता अनुसार दामको नारालाई आत्मसाथ गर्न जनवादी क्रान्ति अनिवार्य रुपमा गर्नुपर्ने आवश्यकता छ । सर्वहारावर्गको नेतृत्व र किसानवर्गको सहयोगमा क्रान्ति गर्नुपर्ने देखिन्छ । साम्यवाद ल्याउन जरुरी छ ।
प्रतिक्रिया