काठमाँडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्रले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना दिँदै बस्नेतले जनताको अवस्थामा बदलाब तथा सबैको पहिचान र अधिकारको सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको जनताका मुख्य अपेक्षा भएको भन्दै यी अपेक्षाहरु पूरा गर्न सकेमात्र गणतन्त्रप्रति जनताको आस्था र गौरव बढ्ने बताएका हुन् ।
बस्नेतले व्यवस्था जतिसुकै उत्कृष्ट र उन्नत भएपनि जनताको जनजीवनसँग जोडिएन भने दीगो र टिकाउ नहुने भन्दै समुन्नत समाज निर्माणको अभियानमा सबैलाई एकजुट गराउन गणतन्त्रले विशेष भूमिका खेल्नुपर्ने बताएका छन् ।
गरिबी, बेरोजगारी, पछौटेपनलाई परास्त गरेर मुलुकलाई समृद्धिको यात्रामा डोर्याउनुपर्ने हाम्रो गणतन्त्र शासकहरुको कुशासन, भ्रष्टाचार र अनियमितताका घटना र काण्डले थिलथिलो बन्दै गएको भन्दै उनले आजको दिनमा मुुलुकका लागि यो सबैभन्दा ठूलो चिन्ता र चूनौतिको विषय भएको बताए ।यो मुलुकमा राजनीतिक दलहरुले सत्ता प्राप्तिको लागि लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको चरम दुरुपयोग गर्ने गरेको उनको आरोप छ ।
प्रतिक्रिया