Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस गरिने



काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । आज दिनको साढे १ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘आ.व.२०८२÷०८३ आर्थिक सर्वेक्षण’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ८ : २९ बजे