Logo

राजनीति

राजीनामा दिनुपर्ने परम्परा बसाल्न हुन्न : गृहमन्त्री लेखक



काठमाडौं । भिजिट भिसा प्रकरणमा उठेको प्रश्नको सन्दर्भमा गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध राजनीतिक षड्यन्त्र भइरहेको दाबी गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एकजना कर्मचारीमाथि अनुसन्धान हुँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने परम्परा बसाल्न नहुने स्पष्ट पारेका हुन् ।

गृहमन्त्री लेखकले आफूले कुनै गैरकानुनी कार्य नगरेको जिकिर गर्दै प्रश्न उठ्नासाथ राजीनामा दिनुपर्ने संस्कार अस्वस्थ रहेको बताएका छन् । “ममाथि राजनीतिक षड्यन्त्रबाहेक अरू केही होइन,” उनले भने, “एकजना कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले नै राजीनामा दिनुपर्ने कस्तो थिति बसाल्न खोजिएको हो ?”

भिजिट भिसा प्रकरणबारे स्पष्ट पार्दै उनले आफू घटनामा प्रत्यक्ष संलग्न नभएको र अनुसन्धानपछिको निष्कर्षको प्रतीक्षा गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ७ : ४२ बजे