Logo

समाचार

उच्च अदालतद्वारा पूर्वमन्त्री अफताब आलमलाई सफाइ, इँट्टाभट्टामा जलाइएको पुष्टि नभएको ठहर



काठमाँडौ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले पूर्वमन्त्री अफताब आलमलाई बहुचर्चित बम विस्फोट तथा इँट्टाभट्टा जलाउने घटनामा सफाइ दिएको छ। बुधबार न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले आलमविरुद्ध लागेको आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो।

अदालतका अनुसार २०६४ चैत २७ गते रौतहटको आलम निवासमा बम विस्फोट भएको भनिएको दाबी प्रमाणित हुन नसकेको रजिस्ट्रार दीपक भण्डारीले जानकारी दिए। यस्तै, घटनामा घाइते भएका भनिएका त्रिलोकप्रसाद सिंह (पिन्टु) र ओशी अस्करलाई ट्याक्टरमा हालेर इँट्टाभट्टामा जलाइएको भन्ने अभियोग पनि प्रमाणबाट पुष्टि हुन नसकेको अदालतको ठहर छ।

अभियोजन पक्षले घटनाका मुख्य प्रमाण पेश गर्न नसकेको भन्दै अदालतले आलमलाई सफाइ दिएको हो। अदालतको आदेशपछि आलम आजै रिहा हुने भएका छन्।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ७ : २० बजे