Logo

मुख्य समाचार

नेपाली युवाहरु विश्व मञ्चको नेतृत्वदाही तहमा पुगेको देख्न चाहन्छु : मन्त्री सिंह



काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले युवाहरु प्राविधिक, आर्थिक, राजनीतिक, पर्यावरणिय तथा सांस्कृतिक क्षेत्रमा नेतृत्वदाही तहमा पुगेको देख्न चाहेको बताएका छन् ।   

बुधबार काठमाडौंमा आयोजित नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास कार्यक्रममा बोल्दै उनले युवा सहभागितालाई विश्वले निकै महत्व दिएको भन्दै नेपाली युवाहरु पनि विश्व मञ्चको नेतृत्वदाही तहमा पुगेको देख्न चाहेको बताए ।

उनले भने, ‘यो युवाहरुको देश हो । युवाले नै बनाउनुपर्छ, त्यसैले युवासँग सिर्जनाको मुहान छ । सहाशिला पनि युवा नै हुन्छन् त्यसैले युवा सहभागितालाई विश्वले निकै महत्व दिएको पाइन्छ । हामी हाम्रा युवाहरु विश्व मञ्चमा प्राविधिक, आर्थिक, राजनीतिक, पर्यावरणिय तथा सांस्कृतिक क्षेत्रमा नेतृत्वदाही तहमा पुगेको देख्न चाहान्छौँ । यसको लागि युवाहरुको विकासको लागि अनुकुल वातावरण निर्माण गरि नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न गराउने उद्देश्यले राष्ट्रिय युवा परिषद् स्थापना भएको छ र युवा केन्द्रीत कार्यक्रमहरु पनि सञ्चालन हुँदै आएको छ ।’

यस्तै, उनले हातहतियारको प्रयोग लगायतका सवालहरुमा युवा वर्गलाई सचेत गराउनुको साथै समस्या समाधानको लागि युवाबीच छलफल अन्तरक्रिया गर्न यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिएको बताए । 

सोही कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उर्जाशिल युवा समुहलाई सकारात्मक भावनाका साथ राष्ट्र निर्माणमा लाग्नको लागि प्रेरणा र प्रोत्साहन गर्ने दायित्व सबैको भएको बताए ।

उनले भने, ‘मुलुकको विकासमा युवा बलको भूमिका सधैँ महत्वपूर्ण र निर्णायक रही आएको छ । अहिले नेपालको कुल जनसंख्यामा १६ देखि ४० वर्ष उमेर समुहका युवाहरुको अनुपातमा ४२ प्रतिशतभन्दा बढि रहेको छ । यो उर्जाशिल समुहलाई सकारात्मक भावनाका साथ राष्ट्र निर्माणमा लाग्नको लागि प्रेरणा र प्रोत्साहन गर्ने दायित्व हामी सबैको हो । युवा वर्गको आकांक्षा पूरा गर्न खेलकुद मन्त्रालय अन्तरगत राष्ट्रि युवा परिषद्को स्थापना भएको हो ।’

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  २ : ११ बजे