बर्दिया । बर्दिया प्रहरीले एक लाख १९ हजार बराबरको भन्सार छली चेरी निकासी गरेको सामान राजापुर भन्सार कार्यालय बर्दियालाई बुझाएको छ ।
भन्सार छली ल्याएको कुर्ता सुरुवाल, रेडिमेट कपडा प्लाष्टिक डोरी र रासायनीक मल पक्राउ गरी राजापुर भन्सारलाई बुझाएको हो ।
तीन दिन यता गरेको चेकजाँचको क्रममा भन्सार छली ल्याएको सामान फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी चक्रबहादुर डमरपालले बताएका छन् ।
उनका अनुसार अनुसार गुलरिया नगरपालिका वडा नं ११ बाट करिब ४२ हजार ७ सय बराबरको तयारी कुर्ता सुरुवाल र प्याष्टिकको डोरी फेला परेको छ । त्यसैगरी बाँसगढी नगरपालिका वडा नं १ चेपाङबाट करिब ४९ हजार तीन सय बराबरको रेडिमेट कपडा फेला परेको छ भने गुलरिया नगरपालिका वडा नं ८ पर्सियाबाट करिब २७ हजार तीन सय बराबरको डिएपी र युरिया मल प्रहरीले पक्राउ गरेको छ ।
पक्रउ परेका सामाग्रीहरू आवश्यक कारवाहीका लागिराजापुर भन्सार कार्यालय गुलरिया बुझाएको सूचना अधिकारी डमरपालले बताए ।
प्रतिक्रिया