रौतहट । रौतहट सहित मधेश प्रदेशका जिल्लाहरुमा सोमबार वट सावित्री व्रत मनाइएको छ । हिन्दु धर्मावलम्बीमा नवविवाहित महिलाहरुले पतिको दिर्घायू दाम्पत्य जीवनको सफलताको कामना गर्दै वट सावित्री पर्व मनाउने गर्छन् ।
वट सावित्रीको पूजाका लागि व्रतालुहरु शुभ पहिरनमा सजिएर वर पिपलको रुखमुनी सामुहिक रुपमा पूजा गर्ने चलन छ । वट सावित्रीको व्रत विशेषगरी श्रद्धा र उत्साहका साथ आफ्ना पतिको दिर्घायू सुख र समृद्धिको कामना गर्दै मनाइने गरिएको नेपाल पत्रकार महासंघ रौतहटका पूर्वअध्यक्ष प्रेमचन्द्र झाले बताए ।
यस दिन मन्दिर, बटवृक्षका छहारी र पूजा स्थलहरूमा श्रद्धालुहरूको भीड लाग्ने गद्र्छ । उनका अनुसार प्राचीन कालमा सावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यसै व्रतको प्रभावले पुनजीवन पाएको जनश्रुति छ । सावित्रीको व्रतबाट खुसी भएका यमराजले उनको पतिको प्राण फिर्ता गरेको जनविश्वास रहंदै आएको उनले बताए ।
वट सावित्री व्रत ज्येष्ठ महिनाको कृष्ण पक्षको अमावस्यामा मनाइने परम्परागत पर्व हो । मिथिला संस्कृतिमा यस पर्वलाई स्थानीय भाषामा ‘वसराइत’ पनि भनिन्छ । गौर, गरुडा, चन्द्रपुर, गढीमाइ, कटहरिया, दुर्गा भगवतीलगायतका पालिकामा वट सावित्री व्रत मनाइन्छ । महिलाहरूले परम्परागत पहिरनमा सजिएर बटवृक्षमा रातो–पहेँलो धागो बाँध्ने, परिक्रमा गर्ने, फलफूल, मिठाइ, सिन्दूर, चुरा र पूजा सामग्री चढाउने कार्यसंगै कथा वाचन, भजन–कीर्तन र प्रसाद वितरणको कार्यक्रम गरेसंगै स
प्रतिक्रिया