काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपा राष्ट्रिय पार्टीसँगको पार्टी एकतालाई माओवादी केन्द्रले अलि बढि नै महत्व दिएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित माओवादी र नेपाः राष्ट्रिय पार्टीबीच भएको एकीकरण समारोहमा उनले माओवादीले मानिसको संख्यालाई भन्दा उसको गुण, विचार, संस्कृति, मूल्य, मान्यतालाई बढि महत्व दिने भन्दै नेपा राष्ट्रिय पार्टीसँगको पार्टी एकतालाई बढि महत्व दिएको बताए ।
उनले भने, ‘नेपा राष्ट्रिय पार्टी मुख्यत नेवार समुदायभित्र र त्यसमा पनि काठमाडौंमा अलि बढि केन्द्रीत छ । हामीले मानिसको संख्यालाई भन्दा उसको गुण, विचार, संस्कृति, मूल्य, मान्यतालाई बढि महत्व दिन्छौ । विचार सहि छ भने सानो पार्टी पनि ठूलो हुदैँ जान्छ । विचार गलत छ भने ठूलो पार्टी पनि सानो हुदैँ जान्छ । त्यही मान्यता अनुसार नै यो नेपा राष्ट्रिय पार्टीसँगको पार्टी एकतालाई माओवादी केन्द्रले अलि बढि नै महत्व दिएकै छ ।’
यस्तै, उनले माओवादी केन्द्र नेवार समुदायको अधिकार र पहिचानको लागि इमान्दारिताका साथ लड्ने पार्टी भएको पनि बताए ।
प्रतिक्रिया