Logo

राजनीति

गृहमन्त्री लेखक निर्दोष हुनुहुन्छ, रवि लामिछानेको मुद्दासँग जोड्न मिल्दैन् : डा.महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिषा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताएका बताएका छन् ।

सोमबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा भएको कांग्रेस पदाधिकारी बैठकमा उनले गृहमन्त्री रमेश लेखक निर्दोष रहेको बताएका हुन् ।

उनले अफवाहको शिकार कांग्रेसकै नेताहरु समेत भएको बताए । त्यस्तै उनले भिजिट भिषा प्रकरणलाई आधार मानेर संसद अवरोध गर्नुपर्ने आधार नभएको बताए । यस विषयमा यथार्थ अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्ने वा गहिराइमा पुग्नुपर्ने बताएका हुन् ।

उनले ‘यस्ता विषमा संसद अवरोध गर्नुपर्ने कुनै आधार नै छैन् । छानबिनको दायरामा उहाँ हुनुहुन्छ । आरोपित गरेर मुद्दा दर्ता गरिएको अवस्था छ । बिना आधारमा सामाजिक सन्जालमा फैलाइएको अफवाहकै आधारमा संसद अवरोध हुन थालेको छ । कहीं पनि यस्तो गर्न मिल्दैन ।’

उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध उजुरी नै परेको अवस्था रहेकाले आफूहरूले संसदीय छानबिन समिति माग गरेको उल्लेख गर्दै लेखक र लामिछानेको विषय एउटै नभएको बताए ।

‘उहाँ (रवि लामिछाने)सँग जोड्न मिल्दैन । उहाँमाथि आरोप आयो, उजुरी आयो । त्यसकारण हामी संसदीय छानबिन माग गरेका हौँ । यहाँ त न कुनै आरोप छ, न आधार छ । आरोपकै भरमा हामीले पनि निष्कर्ष निकाल्ने कुरा भएन,’ महतले भने ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  १२ : ५७ बजे