आज मिति २०८२ जेठ १२ गते, सोमबार, २६ मे २०२५। ज्येष्ठ कृष्णपक्ष चतुर्दशी तिथि, ११ः२२ बजेपछि औंसी। भरणी नक्षत्र, ७ः४४ बजेपछि कृत्तिका। चन्द्रराशि मेष, १३ः२० बजेपछि वृष।
मेष राशि
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। पारिवारिक जमघट बढ्नाले आनन्दित भइनेछ।
बृष राशि
व्यवसायमा लगानी बढाउनुपर्नेछ भने अनियन्त्रित खर्चले मन पिरोलिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। कामको लागत बढ्नेछ।
मिथुन राशि
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।
कर्कट राशि
पुरुषार्थी काम प्रारम्भ हुनेछ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले सामाजिक प्रतिष्ठा दिलाउनेछ।
सिंह राशि
अरूका काममा श्रम खर्चनुपर्ला। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। मध्याह्नदेखि भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।
कन्या राशि
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
तुला राशि
भेटघाट र उपहारले उत्साह जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। दिउँसोदेखि सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ।
बृश्चिक राशि
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्।
धनु राशि
व्याहारिक समस्याले योजना रोकिन सक्छ। कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। तापनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ।
मकर राशि
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ।
कुम्भ राशि
छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।
मीन राशि
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
प्रतिक्रिया