Logo

मुख्य समाचार

ट्याक्टरमा च्यापिएर वृद्धको मृत्यु



रौतहट । सर्लाहीमा ट्याक्टरबाट माटो अनलोड गर्ने क्रममा च्यापिएर एक वृद्धको मृत्यु भएको छ । बसबरिया गाउँपालिका–६, मनटोलमा आइतबार दिउँसो ज. १ त ९५६४ नम्वरको ट्याक्टरमा च्यापिएर ६५ वर्षीय अमिरी पासवानको मृत्यु भएको हो ।

आफ्नै घरको आँगनमा माटो भर्ने काम गरिरहेको अवस्थामा टेलारीको भाग र घरको भित्ताको बिचमा च्यापिएर पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईका अनुसार पासवानको घटास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक फरार रहेका छन् । उनको खोजी भइरहेको डिएसपी भट्टराईले जानकारी दिए ।

मृतक पासवानको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ  ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ५ : २६ बजे