Logo

कर्पोरेट

बैंक र इला कम्र्फट होटलबीच विशेष छुट सम्झौता, ग्राहकले पाउने आर्थिक लाभ



पोखरा । प्रभु बैंक लिमिटेडले बाग्लुङ नगरपालिकास्थित इला कम्र्फट होटल एण्ड रिर्सोटसँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ। आर्थिक क्षेत्रका व्यवसायिक साझेदारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले भएको उक्त सम्झौतामा दुवै पक्षले मिति २०८२ साल जेठ १२ गते हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार अब प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यम प्रयोग गरी इला कम्र्फट होटलमा भुक्तानी गर्दा विशेष छुट पाउनेछन्। सम्झौता अनुसार आवास सेवामा १५ प्रतिशत र खाना तथा मनोरञ्जन सेवामा १० प्रतिशत छुट दिइनेछ।

उक्त सम्झौतामा प्रभु बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत राजु रानाले र होटलका तर्फबाट महाप्रबन्धक बुद्धि प्रसाद तिवारीले हस्ताक्षर गरेका थिए।

बैंकका अनुसार यस्तो किसिमको सहकार्यले न केवल ग्राहकलाई प्रत्यक्ष आर्थिक लाभ पुर्‍याउनेछ, तर बैंकको विद्युतीय कारोबार प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ। यस प्रकारका सहकार्यबाट ग्राहकलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गरिने र पर्यटन क्षेत्रको समग्र आर्थिक गतिविधिमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने बाग्लुङमा अवस्थित इला कम्र्फट होटल एण्ड रिर्सोटसँगको साझेदारीले बैंकका ग्राहकलाई गुणस्तरीय सेवा सुलभ मूल्यमा उपलब्ध गराउने सम्भावना बढाएको छ।

यस सहकार्यबाट स्थानीय पर्यटन प्रवर्द्धन हुनुका साथै डिजिटल बैंकिङ सेवा विस्तारमार्फत आर्थिक सशक्तीकरणमा पनि योगदान पुग्ने बैंकको भनाइ छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  १ : ४६ बजे