Logo

Breaking News 1

जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु, दुईजना घाइते



काठमाडौं । तनहुँको दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु र दुई जना घाइते भएका छन् । शनिबार राति करिब साढे ११ बजेतिर दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलबाट नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनकारी दिएको छ ।

प्रहरी कार्यालय तनहुँका अनुसार पाँचजना सवार जिप दुर्घटनामा पर्दा व्यास नगरपालिका–५ निवासी कुशल मगर, प्रविन मगर र कुमार मगरको ज्यान गएको र चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन् ।

घाईते हुने दुईजनाको अवस्था भने मध्यम नै रहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ८ : १९ बजे