आज मिति २०८२ जेठ १० गते, शनिवार, २४ मे २०२५। ज्येष्ठ कृष्णपक्ष द्वादशी तिथि, १६ः१७ बजेपछि त्रयोदशी। रेवती नक्षत्र, ११ः०४ बजेपछि अश्विनी। चन्द्रराशि मीन, ११ः०४ बजेपछि मेष।
मेष राशि
अरूको उक्साहटमा लाग्दा अधिक खर्च हुनेछ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा केही असमझदारी देखिएला।
बृष राशि
बिहानको समय फलदायी रहनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। काम बन्नुका साथै जिम्मेवारी पनि बढ्नेछ।
मिथुन राशि
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व समेत बढ्नेछ।
कर्कट राशि
बिहानभरि अरूका समस्या सुल्झाउन अलमलिनुपर्ला। पेसा–व्यवसायमा पुराना समस्या टार्दैमा समय बित्नेछ। तापनि सामाजिक कामले अवसर दिलाउन सक्छ।
सिंह राशि
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
कन्या राशि
रमाइलो यात्रा गर्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विशेष काममा बिहानको समय अनुकूल रहनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्।
तुला राशि
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
बृश्चिक राशि
बिहानको समय सानोतिनो समस्यामा अलमलिनुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ। मिहिनेतीहरूका लागि दिन उत्साहजनक नै रहनेछ।
धनु राशि
अरूको फाइदाका लागि उपयोग भइने समय छ। आफ्नैले पनि धोका दिन सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला।
मकर राशि
काम गर्न बिहानको समय अनुकूल रहनेछ। भौतिक साधन जुटाउन सकिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ।
कुम्भ राशि
आत्मविश्वासको कमीले पछि परिनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ।
मीन राशि
सम्भावना देखिए पनि समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ। आफ्नो भोगाधिकारमाथि अरूले राज गर्नेछन्। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला।
प्रतिक्रिया