Logo

मुख्य समाचार

कम्बोडियामा अलपत्र परेका दुई नेपालीको उद्धार



काठमाडौं । कम्बोडियामा अलपत्र परेका दुई नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली राजदूतावासको पहलमा उनीहरूलाई शुक्रबार काठमाडौं ल्याइएको हो।

दूतावासद्वारा जारी विज्ञप्तिमा एक महिला र एक पुरुषलाई लामो समयदेखि कम्बोडियामा अलपत्र अवस्थामा भेटिएपछि उद्धार गरिएको उल्लेख छ। उनीहरूलाई २०८२ साल जेठ ९ गते नेपाल फर्काइएको दूतावासले जानकारी दिएको छ।

दूतावासले विज्ञप्तिमार्फत वैदेशिक रोजगारीमा जानुअघि नेपाल सरकारबाट श्रम स्वीकृति अनिवार्य रूपमा लिन आग्रह गरेको छ। साथै, छिटो र धेरै पैसा कमाउने आशामा कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डजस्ता देशहरूमा गैरकानुनी रूपमा नजान सचेत गराएको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ८ : २८ बजे