काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्लाको कोहलपुरस्थित मालपोत कार्यालयमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ।
आयोगका अनुसार पाण्डेले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग लेखापढी व्यवसायी (विचौलिया) शान्ती पुनमार्फत २० हजार रुपैयाँ घुस मागेका थिए। उक्त सूचनाका आधारमा अख्तियारको बुटवल कार्यालयअन्तर्गत नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले मिति २०८२ जेठ ९ गते पाण्डेलाई रंगेहात पक्राउ गरेको हो।
पाण्डेले मागेको रकम तिवारी रेष्टुरेण्टका सञ्चालक घनश्याम तिवारीलाई राख्न दिइएको अवस्थामा, आयोगको टोलीले कोहलपुर नगरपालिका–११ स्थित सोही रेष्टुरेण्टबाट पाण्डे, पुन र तिवारीलाई घुससहित नियन्त्रणमा लिएको हो।
हाल तीनै जनाविरुद्ध थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया