काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मनसुनजन्य विपद्को जोखिम न्यूनिकरणको लागि सरकार विभिन्न चरणमा विभिन्न योजनाहरुका माध्यमबाट अगाडि बढि रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको मनसुनजन्य विपद्को कृत्रिम अभ्यास कार्यक्रममा उनले स्थानीय सरकारसँग समन्वय गरेर पूर्वतयारीका काम, उद्धार, राहत वितरणका कामहरुदेखि पुनःस्थापनाको काम गर्दै आएको भन्दै यसमा विगतका अनुभवहरुलाई पनि लिएर अगाडि बढेको बताए ।
उनले भने, ‘नेपाल सरकारले विभिन्न चरणमा विभिन्न योजनाहरुको माध्यमबाट सुरक्षा निकायहरुको परिचालन द्वारा, स्थानिय सरकारसँग समन्वय गरेर पूर्व तयारीका कामहरु, उद्धार, राहत वितरणका कामहरुदेखि पुनस्थापनाको काम गर्दै आएको छ । त्यो काम गर्दा विगतमा भएका अनुभवहरुलाई पनि लिएर अगाडि बढेर सुधार गर्ने क्षेत्रहरु पहिचान गर्दै हिडेका छौ ।’
यस्तै, उनले प्रत्येक वर्ष मनसुनको समयमा मनसुनजन्य विपद्बाट नेपाल प्रभावित नहुने भन्दै उक्त जोखिम र क्षती न्यूनिकरण गर्न कृत्रिम अभ्यास गरेको बताए ।
प्रतिक्रिया