Logo

राजनीति

यस्तो छ, सार्वजनिक लेखा समितिको निर्णय



काठमाडौं  । सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई थप ग्रहण गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले उक्त निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

उनले भने,‘ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई लेखा समितिले थप ग्रहण गर्ने निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय भएको छ । 

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथि आएको विषयहरु सचिवालयले ड्राफ्ट बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरेको पनि जानकारी गराए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ८ : ३५ बजे