Logo

राजनीति

१६८ थान अवैध मोबाइलसहित दुई युवक नियन्त्रणमा



काठमाडौं । काठमाडौंको बालकुमारीस्थित सडक खण्डबाट प्रहरीले १६८ थान अवैध मोबाइलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

शनिबार राति ८:५० बजे प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले चेकजाँचको क्रममा ती मोबाइल बरामद गरेको हो। बरामद गरिएका मोबाइलमा Vivo ३० थान, Samsung २५ थान, Oppo १७ थान, Realme १६ थान, Redmi र iPhone समान रूपमा १३/१३ थान, OnePlus १० थान, Motorola ६ थान, Nokia ३ थान तथा अन्य ब्रान्डका ३५ थान रहेका छन्।

पक्राउ पर्नेमा नुवाकोट, विदुर नगरपालिका–१३ घर भई हाल काठमाडौंको बाफल बसोबास गर्दै आएका २४ वर्षीय शंखर श्रेष्ठ र भक्तपुर नगरपालिका–२ निवासी २३ वर्षीय कुशल सिलपकार रहेका छन्।

दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ८ : १९ बजे