जनकपुर । मधेश प्रदेशको ऐतिहासिक महत्व बोकेको दुधमति नदी संरक्षण र सौन्दर्यकरणका लागि उत्खन्न तथा विकास कार्य तिव्रगतिमा अघि बढाउन गठन हुने विभिन्न समितिका पदाधिकरीहरुको कार्यक्षेत्र र सेवा सुविधा र कर्मचारी नियुक्त सहितको प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ ।
दूधमति नदी उत्खन्न तथा विकास कार्य कार्यान्वय उपसमितिको बुधवार बसेको बैठकबाट उत्खन्न र विकास निर्माण कार्य व्यवस्थित रुपले अघि बढाउन उपसमितिका पदाधिकारीहरुले विभिन्न जिम्मेवारीहरु बाँडफाँट गर्नुका साथै निर्णहरु सर्वसम्मतबाट पारित गरेका छन् ।
गठन हुने भनिएको व्यवस्थापन समिति, प्रचार प्रसार समिति र प्राविधिक समूहका पदाधिकारीहरुको काम कर्तव्य, अधिकार र सेवा सुविधा सहित कर्मचारी नियुक्ति गर्ने बारे निर्णय गरियो । यसका साथै स्थापना गरिने कार्यालयका लागि आवश्यक पर्ने सामाग्री खरीद र दूधमति नदी तथा पोखरीमा डुङ्गा चलाउने निर्णय समेत गरिएको छ ।
यसअघिको बैठकमा दूधमति नदीको उत्खन्न र विकास निर्माण कार्य अघि बढाउन व्यवस्थापन समिति, प्राविधिक समूह र प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरिएको थियो । कार्य तिव्रगतिमा अघि बढाउन पहिलो चरणमा नदीको बहाव क्षेत्र छुटयाउन बोलपत्र आह्वान समेत भइसकेको छ ।
धार्मिक रुपले धनुषा र महोत्तरी जिल्ला जोड्ने कूल ४४ किलोमीटरको दूरीमा बहाव क्षेत्र रहेका दूधमति नदीको पहिलो चरणमा उद्गम स्थलदेखि साढे ६ किलोमीटरसम्म नाप नक्सा भई जग्गा छुट्याएर उत्खन्न कार्य अघि बढाइने उपसमितिका संयोजक एवं सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले जानकारी दिएका छन् ।
प्रतिक्रिया