डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, पदम सुन्दासलगायत अग्रज व्यक्तित्वका विचार समेटिएको विशेषाङ्क सार्वजनिक
काठमाडौं । मानव अधिकार तथा शान्ति समाज (HURPES) द्वारा सम्पादन एवं प्रकाशित ‘पिस जर्नल’ (Peace Journal) को ३६ औँ संस्करण हालै सार्वजनिक भएको छ। वैशाख २०८२ मा प्रकाशित यो विशेषाङ्कमा मानव अधिकार, शान्ति, सामाजिक न्याय र गैरहिंसात्मक आन्दोलन सम्बन्धी महत्वपूर्ण विचार, विश्लेषण तथा अनुभवहरू समेटिएका छन्।
उक्त जर्नलमा डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, पदम सुन्दास, रामरिझन यादव, अर्जुन पराजुली लगायत नागरिक आन्दोलनमा सक्रिय अग्रज व्यक्तित्वहरूका लेख र विचार समावेश गरिएको छ।
शान्ति समाज की सभापति रेनुका पौडेलले सम्पादकहरूलाई पठाएको पत्रमा उल्लेख गरिएअनुसार, यो जर्नलले समाजमा शान्ति, लोकतन्त्र, तथा लैङ्गिक न्यायबारे भइरहेको बहसमा थप गहिरो हस्तक्षेप गर्ने विश्वास गरिएको छ।
शान्ति समाजले २०५३ साल जेठ १९ गते स्थापना भएर आणविक अस्त्र उन्मुलनदेखि जलवायु परिवर्तनसम्मका विषयमा सचेतना, अभियान र सार्वजनिक संवादमार्फत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
यस पटकको पिस जर्नलको पूर्ण पीडीएफ अनलाइनमा पनि उपलब्ध गराइएको छ। इच्छुक पाठकहरूले यस लिंकमार्फत जर्नल पढ्न सक्नेछन्:
प्रतिक्रिया