काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ५ हजारले बढेर तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
छापावाल सुन हिजाे मंगलबार सुन तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा तोलामा ५० रुपैयाँ बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १९९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया