Logo

समाचार

व्यवस्थित र परिमार्जित हुँदै नारायणहिटी  दरबार संग्रहालय



काठमाडौं । काठमाडौंको व्यस्त र मध्य भागमा रहेको नारायणहिटी  दरबार संग्रहालय व्यवस्थित र परिमार्जित बन्दै गएको छ ।

नारायणहिटी संग्रहालय तथा नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले जिम्मेवारी लिएसँगै व्यवस्थित बनाउँदै ई–टिकेटिङ सुरु गरेपछि संग्रहालय व्यवस्थित देखिएको हो ।

संग्रहालयका सूचना अधिकारी पुरुषोत्तम थापाले अनलाइन टिकट सुरु भइसकेको र ब्रेनलिपीको सुविधा सुरु गर्न लागिएको जानकारी दिए ।

टिकटको लागि अनलाइन सुविधा छ । लाइनमा बस्ने झन्झट छैन् । अपाङ्गमैत्री शौचालयको व्यवस्था गरेका छौँ । बच्चाहरुको लागि खेल्ने ठाउँको अलग्गै व्यवस्था छ । सम्भवत नेपालमै पहिलो पटक संग्राहलयहरुका लागि ब्रेनलिपीको अवधारणा सुरु गरेका छौं, उनले भने ।

सग्रहालय अवलोकनका लागि स्वदेशी तथा विदेशी गरी दैनिक एक हजारदेखि १२ सय आगन्तुकहरु आउने गरेको उनले जानकारी दिए । अवलोकन गर्नेमा सबैभन्दा बढी विद्यार्थीहरु आउने गरेका छन् ।

टिकटको लागि विदेशीलाई एक हजार रुपैंयाँ र स्वदेशीहरुका लागि दुई सय रुपैंयाँ टिकट शुल्क राखिएको साथै विद्यार्थीका लागि भने विशेष छुट रहेको उनले बताए ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई राष्ट्रिय सङ्ग्रहालय घोषणा गरेका थिए ।

त्यसको आठ महिनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ साल फागुन १५ गते नारायणहिटी सङ्ग्रहालयको औपचारिक उदघाटन गरेका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ७ : ५० बजे